FAQs Complain Problems

Photo Gallery

मिति २०८०१।०२।२५ गते

सोलुदुधकुण्ड नगरपालिका अन्तर्गतका मुख्य सडक पत्ताले बजार देखि फाप्लु बजार सम्म अव्यवस्थित तरिकाले राखिएको निर्माण सामाग्रीहरु हटाउन नगर प्रहरी लगायतको टोलि द्वारा अनुगमन । साथै नगरपालिकाले निषेधित गरिएको सामाग्रीको अनुगमन गरि तिङ्ला बजारबाट ८ के,जि प्लास्टिक जफत गरिएको छ।

, , ,

सोलुदुधकुण्ड नगरपालिका अन्तरगतका २३ वटा विद्यालयका शिक्षकहरुलाई एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम सम्पन्न भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा संचालन गरिएको उक्त ३ दिने तालीमको सहजीकरणका लागि प्रशिक्षक केशव गिरि सर र सुजता राई मेडमलाई हार्दिक धन्यवाद सम्पूर्ण सहभागीलाई बधाई ।

, , ,

मिति २०८१/ १/ २० गतेका दिन सोलुदुधकुण्ड नगरपालिकाका मेयर श्री नाम्गेल जाङ्वु शेर्पाज्यूको प्रमुख आतिथ्यता, विशिष्ट अतिथी उपप्रमुख श्री गान्धी माया तामाङज्यू , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री कोपिला राईज्यू ,वडा न - ७ का वडा अध्यक्ष श्री सोनाम ग्याल्जेन शेर्पाज्यू अन्य जनप्रतिनिधिज्युहरु र सम्पुर्ण सरोकारवालाहरुको उपस्थितिमा सेकारसिङ- वाराने- सोलुखोला आर्यघाट सडक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सडक निर्माण उपभोक्ता समितिका सयोजक श्री भुपाल कार्किज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । यस सडक निर्माणमा सहयोग गर्नुहुने सम्पुर्णमा नगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

, , , , ,

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ र माप्यदुधकोशी गाउॅंपालिका १ को सिमाना जुभिङघाट स्थित दुधकोशी नदीमा निर्माणाधिन पक्की पूलको निर्माण तिब्र गतिमा भईरहेको छ । जसको पछिल्लो अवस्थाको जानकारी लिन तथा अनुगमन गर्न आज सोलुदुधकुण्ड नगरपालिकाको प्रमुख उपप्रमुख लगायतको टोलि निर्माणस्थलमा पुग्नु भएको छ ।

, ,

सोलुदुधकुण्ड नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को GESI Audit गर्नका लागि सबै कार्यपालिका सदस्य वडा सचिव र सरोकारवालाहरुबिच अभिमुखिकरण कार्यक्रम सहित GESI Audit सम्पन्न भएको छ । जसको प्रारम्भिक नतिजामा नगरपालिकाले ६०.५ अन्क प्राप्त गरेको छ । अघिल्लो वर्षमा यो ४० मात्र रहेको थियो ।

, ,

Pages